IME Life
Beema Board

जनउत्थान सामुदायिक लघुवित्त र बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबिच परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. र नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र/केन्द्रीय बैकल्पीक उर्जा कोषबीच क्लिन कुकिङ सोलुुन परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । सम्झौतामा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले एक औपचारिक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा ब्रिटिस दूतावास काठमाडौंबाट नवीकरणीय ऊर्जा सल्लाहकार रेशा पिया, नेपाल नवीकरणीय उर्जा कार्यक्रमबाट टिम लिडर डोउग्लस वेनी हेनरिच, डेपुटी टिम लिडर प्रेम सागर सुवेदी, फण्ड म्यानेजर सुन्याना ताम्राकार, अचुत हरी अर्याल, मनु विनोद अर्याल लगायतको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

वित्तीय संस्थाले प्रदान गर्दै आईरहेको सेवालाई थप परिष्कृत बनाउदै राज्यको प्राथमिकता क्षेत्रमा रहेको विद्युतीय चुलोप्रवर्द्धन अभियानलाई वित्तीय संस्थामा आवद्ध समुह सदस्यहरुको पहुँच सम्म पु¥याउने उदेश्य राखिएको छ । जसमा बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र द्वारा सञ्चालित नेपाल नवीकरणीय उर्जा कार्यक्रमसँग सहकार्य गरी उक्त परियोजना लुम्बीनि प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुबाट सुरु गरिने जनाएको छ । कम्तिमा १० हजार घरधुरीहरुमा विद्युतीय चुलो प्रर्वधन गर्नका लागि उनानसय लाख उनान्सय हजार ८९८ रुपैयाँ (९९,९९,८९८) आर्थिक सहयोग प्राप्त हुने गरी परियोजना कार्यान्वयन गर्न सम्झौता सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS