IME Life

हिमालयन जनरलको सिइओमा बिजय बहादुर शाह नियुक्त, आजैदेखि कार्यभार सम्हाल्दै

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा बिजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आजकै मितिदेखि लागु हुने गरी चार वर्षका लागि नियुक्त गरेको हो ।

कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यले व्यक्तिगत कारण देखाइ कार्यकाल सकिनु डेढ वर्ष अगाडी नै राजिनामा दिए पछि सञ्चालक समितिले शाहलाई नियुक्ति गरेको हो ।

Prabhu
Crest

शाह गत साउनमा नेपाल इन्स्योरेन्स कम्पनीबाट बाहिरिएका थिए । संस्थागत सुशासन निर्देशिका अनुसार उनको कुलिङ पिरियड ६ महिना सकिए पछि बीमा समितिले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको हो ।

शाह नेपाल इन्स्योरेन्स भन्दा पहिला एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । ३५ वर्ष भन्दा बढिको कार्यानुभव भएका शाहले नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरिसकेका छन् । बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले एमबीएसम्मको अध्ययन गरेका छन् ।

373efbb601af4ccad9d1c2ece682f266

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS