SKIP THIS

MLBL
IME Life
Beema Board

दोश्रो त्रैमासको आधारमा नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपाललाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र तीन ठूला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको (६ महिनाको) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब १९ करोड छ भने नेशनल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रहेको छ त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता २ अर्ब २१ करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
नेपाल लाईफको जगेडा कोषमा १ अर्ब ७५ करोड संचित छ भने नेशनल लाइफको जगेडा कोषमा १ अर्ब ०१ करोड रुपैयाँ संचित छ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा १ अर्ब २३ करोड रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा १  खर्ब २४ अर्ब छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
६ महिनाको अवधिमा नेपाल लाईफले १८ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरको छ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ९ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन गरको छ र नेशनल लाईफ इन्स्योरेन्सले ६ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरको छ ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल लाईफले १३ करोड ०४ लाख खुद नाफा गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले १४ करोड ४१ लाख खुद नाफा गरेको छ  र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ७ करोड ६९ लाख खुद नाफा गरेको छ ।

बजार मूल्य :

 

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS