Connect IPS
IME Life

प्राइम लाइफको मुनाफा १० प्रतिशतले घट्यो, बीमा शुल्क आर्जन २ अर्ब ३२ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाशिक अवधिमा भने १९ करोड ३६ लाख रुपैयाँ थियो । कम्पनीले समिक्षा अवधिमा नोक्सानी बापत एक करोड ३४ लाख रुपैयाँ व्यवस्था गरेकाले पनि मुनाफामा गिरावट देखिएको हो ।

खुद बीमा शुल्क आर्जन भने १५ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

कम्पनीको अभिकर्ता कमिशन भने घटेको छ । गत वर्ष अभिकर्ताहरुलाई २३ करोड २ लाख रुपैयाँ कमिशन दिएको प्राइमले यस वर्ष भने २२ करोड ५५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा आएको गिरावट सँगै कमिशन घटेको हो ।

दाबी भुक्तानी भने बढेको छ । कम्पनीले समिक्षा अवधिमा मात्रै ५६ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जवकी गत वर्ष ४९ करोड ६१ लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन हेर्ने हो भने २ अर्ब २३ करोड रुपैयाँ छ । हालसम्मकै कुल बीमा शुल्क आर्जन भने २४ अर्ब ८३ करोड रुपैयाँ छ । हाल कायम रहेको बीमा लेख संख्या २ लाख एक हजार छ । तर गत वर्ष २ लाख ५४ हजार वटा थियो ।

चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १२ रुपैयाँ छ । जगेडा कोषमा ४९ करोड १७ लाख रुपैयाँ छ । जीवन बीमा कोषमा भने १६ अर्ब ६१ करोड रुपैयाँ जम्मा गरेको छ । गत वर्षको यहि अवधिमा भने १३ अर्ब ९ करोड रुपैयाँ मात्रै थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS