Connect IPS
IME Life

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन २४ प्रतिशतले बृद्धि, जीवन बीमा कोषमा ४७ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २४.०१ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेको छ । कम्पनीले यहि अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५ अर्ब ४८ करोड रुपैयाँ थियो ।

बीमा शुल्क आर्जनमा उल्लेख्य बृद्धि सँगै जीवन बीमा कोष पनि २४.२० प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो रकम ३८ अर्ब एक करोड रुपैयाँ थियो ।

Prabhu
Crest

बीमा शुल्क बृद्धिमा उल्लेख्य सुधार भए पनि बैंक वित्तीय संस्थाको व्याजदर घट्ने क्रममा मुनाफामा भने असर गरेको छ । कम्पनीको खुद मुनाफा ३९ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा १४ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा २३ करोड ६५ लाख रुपैयाँ थियो । उक्त मुनाफामा जीवन बीमा कोषबाट आर्जन भएको आम्दानीलाई नजोडिने भएकाले मुनाफा यथार्थ होइन । एक्चुरियल मूल्याङ्कन पछि मात्रै कम्पनीको वास्तविक मुनाफा थाहा हुन्छ ।

कम्पनीको दाबी भुक्तानी पनि बढेको छ । गत वर्ष खुद दाबी भुक्तानी एक अर्ब ६४ करोड रुपैयाँ रहेकोमा यस वर्ष भने बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बीमा शुल्कमा बृद्धि सँगै अभिकर्ता कमिशन पनि बढेको छ । समिक्षा अवधिमा अभिकर्ताले ७५ करोड ४१ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।

जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै बोनसदर रहेको कम्पनीको बोनसदर न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ रहेको छ । चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ८ रुपैयाँ मात्रै छ ।

दीर्घकालिन लगानी मात्रै ३० अर्ब ५८ करोड रुपैयाँ गर्न सफल भएको छ । कम्पनीले बीमालेख धितोमा राखेर बीमितहरुलाई ६ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS