IME Life
GBIME

आइएमई जनरलको खुद दाबी भुक्तानी ५१% ले बढ्यो, नाफा १२ करोड १३ लाखमाथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । १ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २८ करोड ८९ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ०२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव २४ प्रतिशतले गिरावट आएको हो ।

Crest

यस अवधिमा कम्पनीको बीमा कोषमा ५३ करोड ५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४३ करोड ५३ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । समिक्षा अवधिमा ३७ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३६ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ४० प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले १३ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ५१ दशमलव २६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ९७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५४.४२ गुणा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS