काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले सबै वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीको अधिकांश वित्तीय सूचक बढेका छन् ।
कम्पनीले यस अवधिसम्ममा १९ करोड ४३ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४१ दशमलव ४२ प्रतिशतले बढी हो ।
२६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोड ५६ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ३ करोड ७० लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको हो ।
यस समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८७ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन समान्य बृद्धि भएको हो ।
यस अवधिमा कम्पनीले १ करोड ९२ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी रकम घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५४ रुपैयाँ ७५ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २५८.११ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १३१७ रुपैयाँ २५ पैसा रहेको छ ।