काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षाका क्रममा बजेटको आकार घटाएका छन् । समिक्षका क्रममा पूर्ण आकारमा बजेट खर्च नहुने भन्दै उनले बजेटको आकार नै घटाएका छन ।
समिक्षका क्रममा शर्माले चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै खर्च हुने बताएका छन् । जुन बिनियोजित बजेटको ९४.७ प्रतिशत मात्रै हुन आउछ । शर्माले गत भदौमा प्रतिस्थापन विधेयक जारी गर्दै बजेटको आकार १६ खर्ब ३२ अर्बमा झारेका थिए । जवकी निवर्तमान अर्थमन्त्रीको बजेटको आकार १६ खर्ब ४७ अर्बको थियो ।
शर्माका अनुसार चालु आर्थिक वर्षमा १० खर्ब ३५ अर्ब रुपैयाँ मात्रै खर्च हुनेछ । शर्माले समिक्षका क्रममा पूर्व तयारी विना बजेट ल्याउदा पूँजीगत खर्च हुन नसकेको आरोप लगाएका छन् । आगामी वर्षमा पूँजीगत खर्च बढाउनका लागि पहिला नै मापदण्ड बनाउनु पर्ने धारणा राखेका छन् । राजश्व संकलन भने लक्ष्य अनुसार नै हुने अर्थमन्त्रीको भनाई छ । शर्माले आर्थिक बृद्धि ७ प्रतिशत हुने दाबी गरेका छन् ।