Connect IPS
IME Life

रिलायन्स लाइफको बीमा शुल्क २२ प्रतिशतले बढ्यो, मुनाफा ७ करोड ६० लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २२ प्रतिशतले खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले दोस्रो त्रैमाशिकअ अवधिमा ७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको समिक्षा अवधिमा ५ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस वर्ष अभिकर्ताले प्राप्त गर्ने कमिशनमा उल्लेख बृद्धि भएको छ । अभिकर्ताले यस वर्ष २३ करोड ७७ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीहरुले १९ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका थिए ।

Prabhu
Crest

यस वर्षको कुल बीमा शुल्क आर्जन भने एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ । हालसम्मकै कुला बीमा शुल्क आर्जन भने ६ अर्ब २८ करोड रुपैयाँ छ । हाल कम्पनीमा कायम रहेको बीमालेख संख्या भने एक लाख ६९ हजार ६०० वटा रहेको छ । खुद दाबी भुक्तानी भने २८ करोड ६३ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी २ अर्ब १० करोड रहेको कम्पनीको जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ मात्रै छ । जीवन बीमा कोषमा भने तीन अर्ब ३६ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ७ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS