काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । त्यसकारण कम्पनीको हकप्रद शेयर माघ २७ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नेछन् ।
कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति पाइसकेको छ । अब माघ २७ गतेसम्म शेयर खरिद गर्नले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
माघ २७ गतेसम्म कायम शेयरधनीहरुले प्रति कित्ता १०० रुपैयाँको दरमा १० कित्ता बराबर ४ कित्ताको अनुपातमा शेयर खरिद गर्न पाउने छन् । कम्पनीले हकप्रद मार्फत ४६ करोड ३० लाख ३४ हजार रुपैयाँ उठाउने छ ।
हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।