Connect IPS
IME Life

सूर्या लाइफको जीवन बीमा कोष ३५ प्रतिशतले बढ्यो, नाफामा १५ करोड ६६ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा सामान्य बृद्धि गरेको छ । यस अवधिमा खुद बीमा शुल्क आर्जन ३.८४ प्रतिशतले बढाएर तीन अर्ब १८ करोडल रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने ७.७१ प्रतिशतले बढाएर २ अर्ब ५० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

कम्पनीको मुनाफामा भने २२.१६ प्रतिशतले गिरावट आएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा १५ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ जवकी गत वर्षको यहि अवधिमा २० करोड १२ लाख रुपैयाँ मुनाफा थियो ।

Prabhu
Crest

बीमालेख संख्या ६.४२ प्रतिशतले बढेको छ । कम्पनीले हालसम्म जारी गरेको बीमालेख संख्या तीन लाख ४७ हजार पुगेको छ । गत वर्षको यहि अवधिम तीन लाख २६ हजार मात्रै थियो । दाबी भुक्तानी यस वर्ष १३.६२ प्रतिशतले बढेको छ । कम्पनीले ६ महिनाको अवधिमा ४४ करोड ६० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक करोड ६६ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६८ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा १२ अर्ब ५७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । कम्पनीले एक वर्षको अवधिमा जीवन बीमा कोष ३५ प्रतिशतले बढाउन सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS