काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । स्टकका अनुसार कम्पनीको ३० प्रतिशत हकप्रद शेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ९ सय ८६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।