SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा कम्पनीका सम्पुर्ण कर्मचारीको शैक्षिक योग्यता पेश गर्न समितिको निर्देशन, सात दिनमा साढे ११ हजारको विवरण माग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई आफ्ना कर्मचारीको शैक्षिक योग्यताको विवरण पेश गर्न निर्देशन दिएको छ । समितिले बिहीबार सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै ७ दिन भित्रमा कर्मचारीको शैक्षिक योग्यताको विवरण पेश गर्न निर्देशन दिएको हो । हाल सञ्चालनमा रहेका १९ जीवन, २० निर्जीवन र दुई पुनर्बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको शैक्षिक योग्यताको विवरण पेश गर्नु पर्ने भएको हो ।

समितिले कम्पनीहरुलाई कर्मचारीको शैक्षिक योग्यताको विवरण पेश गर्नका लागि ढाँचा समेत तोकिदिएको छ । जसमा कम्पनीले आफ्ना कर्मचारीको नाम, ठेगाना, पद, शाखा कार्यालय, नियुक्त मिति, शैक्षिक योग्यता, अध्ययन गरेको शैक्षिक संस्थाको नाम, विश्व विद्यालय, उत्तीर्ण गरेको वर्ष, विदेशी विश्व विद्यालय भएमा समकक्षताको प्रमाणपत्र र उक्त प्रमाणपत्र लिएको मिति सहितको विवरण पेश गर्नु पर्ने छ ।

Prabhu
Crest

हाल जीवन बीमा कम्पनीमा ६ हजार १६० जना भन्दा धेरै कर्मचारीहरु कार्यरत छन् भने निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ३९० जना कर्मचारीहरु कार्यरत छन् । समितिले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको शैक्षित अवस्थाको विषयमा अध्ययन गर्न यस्तो निर्देशन दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS