IME Life
GBIME

कोभिड-१९ को समयमा जीवन बीमा क्षेत्रको सोट ‘SWOT’ परिक्षण, सन्तोष आचार्यको विश्लेषण

SPIL
NIC ASIA new
NLIC

सन्तोष आचार्य

कोभिड-१९ र यसका विभिन्न भेरियन्टहरु डेल्टा हुदै हालसालै देखिएको ओमिक्रोन भेरियन्टको महामारीले सम्पुर्ण विश्व सँगै नेपालमा पनि प्रत्यक्ष देखियो । यसले संसारकै शैक्षिक, औधोगिक, पर्यटन, मनरञ्जन, होटल, व्यापार व्यवसकायका साथै वित्तीय र यस अन्तर्गत रहेको बीमा क्षेत्रलाई समेत ठुलो प्रभाव पारेको छ । यसमा सकारात्मक र नकारात्मक किसिमको प्रभाव पारेको देखिन्छ । सम्पुर्ण बीमा उद्योगमै नयाँ प्रविधिको बिकासको उदयका साथै थप चुनौतीहरु खडा गरेको छ ।

Crest

बीमा क्षेत्रमा आन्तरीक र बाह्य वातावरणको कारणले देखिएको सबलता, दुर्वलता, अवसर तथा चुनौतिहरु निम्न अनुसार छन:-

१.सवल (Strength) पक्षहरु:-

बीमा क्षेत्रमा देखिएको यसको सवल पक्ष भनेकै यस प्रतिको जनचासो र आवश्यकताको महशुस हो । मानिसको जीवन अमुल्य रहेको छ र अमुल्य जीवन लाइ अझ बढी मुल्यवान बनाउनको लागि जीवन बीमा गर्नुपर्छ है भनि यसले सकारात्मक सन्देश दिएको छ । त्यसै गरी, बीमा क्षेत्रको पुरातात्विक पद्दतिको पुनरावलोकन, आधुनिकरण र प्रविधिकरण नै हो । त्यस्तै अन्य, कोभिड १९ पछि बीमा क्षेत्रमा निम्न लिखित सवल पक्षहरुको उदय भएको पाइएको छ ।

-कोभिड -१९ पछि नै बीमाक्षेत्रमा भर्चुअल माध्यमको अत्यधिक बिकास भएको पाइन्छ । जुम (Zoom), जस्ता अनलाइन एप्सहरू को माध्यमबाट भर्चुअल अनलाइन तालिम तथा सेमिनारहरु, बार्षिक साधारण सभा पनि यसैको माध्यमबाट सम्पन्न गर्ने प्रयास गरियो र भब्य समापन पनि भयो । यसले वर्षै देखि हुदै गरेको ठुलो खर्च, समय र अर्थलाइ मितव्ययी गर्न सहयोग गरेको छ ।

-बीमा कम्पनीहरुले कुनै सिमित ठाउको मानिसहरुलाई अभिकर्ता बनाउन सक्थे तर भर्चुअल माध्यमबाट संसारको जुन सुकै ठाउँमा बसोबास गर्ने नेपाली नागरिक अभिकर्ता बनेर उद्यमशिलता बिकास गर्न सक्ने भए । जसले रोजगारी श्रृजनाको साथै बीमा क्षेत्रको क्षेत्रगत बिकास र दायरा फराकिलो पार्न सहयोग गरेको छ ।

-कोभिड-१९ पछि कै कारण, बीमा क्षेत्रको साथै सम्पुर्ण बितिय क्षेत्रमा ‘पेपर लेस अर्थतन्त्र’ (Paper less economy) को निर्माण तथा डिजिटल भुक्तानी को उच्चतम बिकास भएको छ ।

-बीमा कम्पनीहरुले अब प्रस्ताव फारम कागजबाट नै भरी कार्यलय सम्म आउनुपर्ने प्रणाली लाइ परिमार्जन गरी अनलाइन माध्यबाट घरमा नै बसि बीमा सेवा लिन सक्ने भएका छन्, यो बीमा सेवाको क्षेत्रमा देखिएको आमुल परिवर्तन हो ।

२. दुर्वल (Weakness) पक्षहरु

कोभिड-१९ को माहामारीको समयमा बितिय तथा बीमाक्षेत्रमा देखिएको दुर्वलता पक्ष भनेकै प्रविधिको बिकासको खाचो र दक्ष मानव संसाधनको अपर्याप्तता नै हो भन्दा फरक नपर्ला ‌। नेपाल सरकारले ‘घरबाट नै कार्य गर्ने अवधारणा’ (Work From Home) भन्ने नीति लिएर आएपनि बीमा कम्पनीहरुको प्रयाप्त ‌पुर्वाधारको बिकासको अभाव , उच्च प्रविधिको विकासमा कमि , दक्ष मानव संसाधनको कमि र माहामारीको समय कसरी ‌सेवा दिने भन्ने रणनीति योजनाको अभाव को कारण धेरै कम्पनीहरु‌को सेवा बन्द हुनपुग्यो भएकाको नगन्य मात्र ‌जसले बीमासेवा र ब्यबसाय मा ठूलो धक्का ‌पुर्यायो ।

-कोभिडको समयमा बिमाको नियमनकारी ‌निकाय बीमा समितिको प्रदेश स्तरीयको‌ आवश्यकता ठुलो खट्कियो‌ ।

-प्रविधिसग निपुर्ण दक्ष मानव संसाधन हालसम्म पनि प्रदेश स्तरीय बीमा कम्पनिहरुले राखेको नदेखिएकाले भविष्यमा केन्द्रीय विभाग माहामारीको चपेटामा पर्दा सिङ्गो सस्था नै सेवाबाट बिमुख हुनसक्ने अवस्था देखिएको छ ।

३. अवसर (Opportunity)

-कोभिड-१९ को समय भनेको नेपालको जीवन बिमाको लागि स्वचेतनाको जागरणको रुपमा कोशेढुंगा साबित भयो ।‌ अमुल्य जीवनमा जोखिम बढेको कारण आफ्नो जीवन मुल्यवान बनाउनुपर्छ भन्ने सम्पुर्ण जनताहरूमा आवश्यकता को महसुस जागरणको प्रादुर्भाव भयो ।

-बीमा क्षेत्रको कवरेज बढाउन समेत सहयोग पुर्यायो ।

-कोभिड-१९को समयमा एउटा गतिलो सोचको बिकास भनेको उद्यमशिलताको बिकासको पनि हो । धेरै मानिसहरू एउटा जागिरमा मात्र सिमित हुदा यस्तो माहामारीको समय जागिर तलमाथि भए वा एउटामा मात्र भरपर्दा त्यस बाट गार्हो हुनसक्छ है भन्ने हेतुले धेरैले अतिरिक्त आम्दानी (Secondary Income) को महसुस गरी र जीवन बीमा अभिकर्तालाइ अतिरिक्त आम्दानी को रुपमा रोजेको पाइन्छ ‌। यो जीबन बीमा उद्योगका लागि एक ठुलो अवसर हो ।

४.चुनौतिहरु (Threats)

-कोभिड १९ को सुरुवाती समय देखि वर्तमानसम्म ‌पनि तत्कालीन ‘कोभिड १९ ‘ को निर्जीवन बीमा भुक्तानी केहिको अझै बाँकि रहेको समाचार आइरहदा निर्जीवन बीमा कम्पनीले उक्त बीमा गरे पनि त्यसको असर सम्पुर्ण जीवन बीमामा समेत परेको छ । तसर्थ, जोखिम पुर्वानुमान हुन नसक्नु र सरकारी तवरबाट सहि कोभिड-१९ को विरामी को अभिलेख नहुनु, भएकाको पनि बीमा कम्पनी र स्थानीय सरकार विचमा तालमेल नहुनु जस्ता यावत कुराहरुले सहि बीमा दाबी भुक्तानी तत्कालिन हुन नसक्नुले बीमा प्रतिको जनमानसमा केहि साखः धमिलो बनाएको छ ।

-बीमा कम्पनीहरुमा दाबि भुक्तानी प्रणाली डिजिटल माध्यमबाट सम्पन्न हुन नसकेको हुँदा पनि बिमितहरु मार्कामा परेको देखिएको छ ।

-कोभिड-१९ को समयमा जीवन बीमा गरेको बिमतहरुले आफ्नो सुविधा अनुसार बीमा गरिएको ३ वर्ष पछि ऋण वा सरेन्डर सुविधा प्राप्त गर्न सक्छन । कम्पनीहरु पुर्ण डिजिटल नभइसकेको, सरकारले समेत यो बारे स्पष्ट निर्णय नगरेको र सबै ग्राहक पनि टेक्नोलोजी सँग पुर्ण जानकार नभएको हुँदा यो बारे नया अवधारणा को बिकासको अभाव खड्किएको छ ।

-कोभिड-१९ को वर्तमान समयमा बजारमा तरलता अभावको कारण मानिसहरु सग पूँजीको अभावले नयाँ बीमा व्यवसायमा प्रत्यक्ष असर परेको छ ।

-नेपाल सरकारले जीवन बीमामा कर छुट सुविधा, हाल रु २५ हजार भएको सो भन्दा बढि राखिएको भए बीमाको ब्यबसायको दायरा बढ्ने अनुमान गर्न सकिन्छ ।

-जोखिम (Risk) र लगानी (Return) फरक कुरा हो भन्ने कुरा को अझ पनि जनचेतना न नेपाल सरकारले सर्वसाधारण मा‌ पुर्याउन सकेको छ न त अधिकांश ‌जीबन बीमा कम्पनीहरुले नै । मानिसहरू जोखिमलाई बेवास्ता गरि जीबन बीमा पनि प्रतिफलको सिद्धान्त अनुसार तुलना गरि अन्य बितिय क्षेत्र शेयर, बैंक मुद्दति मा लगाव भएको पाइयो । जुन रुपले अत्याधिक ‌जोखिम हुदा जीवन बीमा कम्पनीहरुको ब्यबसाय हुनुपर्ने हो, त्यस रुपमा बिकास हुन सकेन ।

-कोभिड-१९ को समयमा आफ्नो ग्राहकहरुलाई बिक्री पछिको सेवा बीमाकम्पनीहरु ले कुनै पनि माध्यमबाट दिन सकेन यसको अभाव खड्किएको पाइयो । आफ्नो ग्राहक हरु को स्वास्थ्य स्थिती को खबर, कम्पनी बाट दिन सकिने सुविधा बारे जानकारी इत्यादि कुराहरुको ब्यबस्थापन कम्पनीहरुले गर्न सकेनन् ।

सारांश

कोभिड-१९ जस्तो माहामारी र यो जस्तो भविष्यमा अन्य माहामारी आउन सक्दो रहेछ भन्ने वर्तमान परिपेक्षबाट स्पष्ट भयो । मानिसहरूले बेलैमा आफ्नो अमुल्य जीवन लाइ मुल्यवान बनाउन समयमा नै जीवन बीमागर्नुपर्ने रहेछ भन्ने स्व-चेतना आफुमा जाग्रित रहनुपर्ने ‌शिक्षा दिइएको छ । तसर्थ, जोखिम को पुर्वानुमान गरि बेलैमा कम्पनी हरुले पनि समय सापेक्ष न्यून लागतमा बढि जोखिम ब्यहोर्ने बिमाको प्रोडक्ट बजारमा लिएर आउनुपर्यो र मानिसहरूले पनि जीवन बीमा भोलि-पर्सि नभनी समयमा नै गरेर यस्ता आइपर्ने उच्च जोखिमबाट न्युनिकरण गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।

(आचार्य नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी प्रदेश नम्बर एकका सचिब हुन्)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS