काठमाडौं । बीमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर विक्रि गर्नका लागि अनुमति दिएको छ । कम्पनीले आफ्नो नाममा रहेको दुई लाख नौ हजार आठ सय नौ कित्ता सर्वसाधारण समुहको शेयर बिक्रिका लागि बीमा समितिमा स्वीकृत माग गरेको थियो ।
समितिको कानून शाखाले माघ १६ गते कम्पनीलाई शेयर विक्रिका लागि अनुमति प्रदान गरेको हो । साथै तीन महिनाको अवधिमा कम्पनीको नाममा रहेको उक्त दुई लाख नौ हजार आठ सय नौ कित्ता सर्वसाधारण समुहको शेयर बिक्रि गरि समितिमा जानकारी गराउन समेत निर्देशन जारी गरेको छ ।
बीमा समितिबाट शेयर बिक्रीको लागि अनुमति पाए सँगै कम्पनीले उक्त शेयर बिक्री प्रकृयाँ अगाडी बढाउन पाउने भएको छ । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ११६४ रुपैयाँ रहेको छ ।