Connect IPS
IME Life

खर्चिलो बन्दै जीवन बीमा व्यवसाय, यस्तै अवस्था रहे बोनसदर झन खस्किने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  मिलियन डलर राउण्ड टेबलको लागि योग्य अभिकर्ताको लामो सूची बीमा कम्पनीहरूको सामाजिक संजालमार्फत् सार्वजनिक हुँदै गर्दा जीवन बीमा क्षेत्रबारे चासो राख्नेहरू चिन्तित हुन थालेका छन् ।

जीवन बीमा कम्पनीहरूले प्रतिस्पर्धाको दौडमा जसरी भएपनि बीमालेख बेच्नैपर्ने र बीमाशुल्कवापत ठूलो रकम कमाइ गर्नैपर्ने नीतिगत दबाब तल्लो तहसम्म प्रवाह गरेपछि बीमा कम्पनीहरू जोखिममूलक व्यवसायमा धकेलिंदै गएका छन् ।

Prabhu
Crest

बीमा समितिले जीवन बीमा कम्पनीहरूको व्यवसाय खर्चिलो हुँदै गएको सूचनाको आधारमा जीवन बीमकसँग चालू आ।व।को २०७८ पुस मसान्तसम्म विज्ञापन, सामाजिक उत्तरदायीत्व, अतिथी सत्कार, तालिम, प्रशिक्षण शीर्षकमा भएका खर्च र त्यसको उपयोगिता सम्बन्धमा संक्षिप्त विवरण माग गरेको छ । समितिले माग गरेको विवरण अधिकांश बीमकले समितिले दिएको समय सीमाभित्र उपलब्ध गराएनन् ।

यस्तै जोखिममूलक व्यवसायकै कारण अहिले सन् २०२२ को पहिलो दिनमै केही जीवन बीमा कम्पनीले गर्वका साथ अफ्नो अभिकर्ता एमडिआरटी योग्य भएकोमा औपचारिकरूपमा सामाजिक संजालमार्फत बधाइ ज्ञापन गरे । तर ठूलो बीमांक र ठूलो बीमाशुल्क प्राप्त हुने गरी जारी गरिएका बीमालेख बिक्री गरेर अभिकर्ताले मनग्ये कमिशन हात पारे पनि यस्तो बीमालेख बिक्री गर्नु बीमा कम्पनी र बीमित स्वयमको लागी घाटाको व्यापार हो ।

ठूलो बीमांकको बीमामा बीमितले शुरूको केही किस्ता वापतको रकम भुक्तानी गरेपनि तेश्रो किस्तापछि निरन्तरता पाउने सम्भावना एकदमै न्यून हुन्छ । बीमा समितिले तीन वार्षिक किस्ता नतिरेको वा एकल बीमाशुल्क भुक्तानी गरी जारी गरिएको बीमालेख तीन वर्ष पुरा नभइ समर्पण गर्न नपाइने भन्ने प्रावधान लागू गरेको छ । यो प्रावधानको कारण बीमालेख समर्पण गर्नको लागी तीन वर्षको वार्षिक किस्ता तिर्नैपर्ने र एकल बीमाशुल्कवाला बीमालेख समर्पण गर्न पनि तीन वर्ष कुर्नै पर्ने बाध्यता छ ।

बीमा समितिले जीवन बीमकहरूको बीमालेख समर्पण वा निष्कृय बीमालेखको अध्यावधिक तथ्यांक हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन । निष्कृय९व्यतित० जीवन बीमालेखसम्बन्धमा बीमा समितिलाइ जीवन बीमा कम्पनीहरूले तथ्यांकको साटो मिथ्यांक उपलब्ध गराउँछन् । र बीमा समितिले त्यही तथ्यांक हुबहु सार्वजनिक गरिदिन्छ । यस्तो प्रवृत्तिका कारणा नेपालको बीमा क्षेत्रबारे चासो राख्ने, अध्ययन गर्ने वा नीतिगत सुधार गर्न चाहने पक्षले सही तथ्यांकको आधारमा सही निष्कर्ष निकाल्न सकेका छैनन् ।

जीवन बीमा क्षेत्रमा दुइ दशकभन्दा लामो अनुभव हासिल गरिसकेका उच्च पदस्थहरूका अनुसार कूल जारी बीमालेखको ४० प्रतिशतभन्दा बढी बीमालेख व्यतित हुने गरेको छ । बीमा समितिले व्यतित बीमालेखको प्रतिशत घटाउन बीमकहरूलाइ प्रत्येक पटक वित्तीय प्रतिवेदन स्वीकृत गर्दा निर्देशन दिंदै आएपनि यस सम्बन्धमा कार्य योजना नबनाएकाले निर्देशन कागजमै सीमित रहँदै आएको छ । उच्च संख्यामा बीमालेख व्यतित भएको कम्पनीले बीमा समितिको नीतिगत कमजोरीकै कारण आफूलाइ सर्वोत्कृष्ट जीवन बीमा कम्पनीको घोषणा गर्न अप्ठेरो मानेन ।

केही बीमा कम्पनीहरूको अनुभवी तर शुरूदेखि नै बीमित वा कम्पनीको हित भन्दा पनि व्यक्तिगत स्वार्थलाइ उच्च महत्व दिने अभिकर्ताहरूले शशर्त बीमा गराइ रहेका छन् । कम्पनीको उच्च व्यवस्थापनसँग बीमा समितिले निर्धारण गरिदिएको सीमा नाघेर आर्थिक लाभ प्राप्त गरिरहेका छन् । यस्तो लाभ सीमित अभिकर्तको खल्तीमा गएपनि नोक्सानी चाहिँ जीवन बीमा कम्पनी र यसको सम्पूर्ण बीमितले व्यहोर्नु परिरहेको छ ।

जीवन बीमा सम्बन्धमा जानकारका अनुसार बीमा कम्पनी र बीमित स्वयम् पनि बीमालेख जारी भएको छ वर्षपछि मात्र नाफा र घाटा बराबरको अवस्थामा पुग्छन् । अर्थात् बीमितले नियमितरूपमा बीमाशुल्क भुक्तानी गरेर ६ वर्ष पुरा भएपछि बीमालेख समर्पण गर्न चाहेको अवस्थामा बीमितले प्राप्त गर्ने समर्पण मूल्य र बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम बराबर हुनजान्छ । अर्कोतर्फ जीवन बीमा कम्पनीले पनि बीमितबाट प्राप्त पछिल्लो पाँच वर्षको बीमाशुल्क रकम लगानी गरेवापत प्राप्त ब्याज अम्दानीबाट पहिलो बीमाशुल्क प्राप्त गर्दा भएको खर्च व्यहोर्न सक्षम हुन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS