Connect IPS
IME Life

अजोड इन्स्योरेन्सको मुनाफा १४ प्रतिशतले बृद्धि, कुल बीमा शुल्क आर्जन ७९ करोड २१ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा १३.९१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा चार करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले चार करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

अजोडले कुल बीमा शुल्क आर्जन १६.०९ प्रतिशतले सुधार गर्न सफल भएको छ भने कुल बीमा शुल्क आर्जन ९.१४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ७९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै खुद बीमा शुल्क आर्जन भने २२ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ८० लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै बीमा कोषमा १३ करोड ५३ लाख रुपैयाँ जम्मा भएको छ । यस वर्ष कम्पनीले पुनर्बीमा कमिशन बापत ३१ प्रतिशतले आम्दानी बढाएको छ । यस्तो आम्दानी ११ करोड ४० लाख रुपैयाँ रहेको छ ।

कम्पनीले आफु सँग भएको स्रोत विभिन्न ठाउँमा लगानी गरेर व्याज आम्दानी मात्रै २ करोड एक लाख रुपैयाँ रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक लाख ७४ हजार वटा पोलिसी बिक्री गर्न सफल भएको छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS