Connect IPS
IME Life

ज्योति लाइफको खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ५ अर्ब १४ करोड रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन १७.६९ प्रतिशत बृद्धि गर्न सफल भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने १८.६२ प्रतिशत बढाएको छ ।

कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ६४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै कुल बीमा शुल्क आर्जन भने एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

कम्पनीको मुनाफा पनि २४.२२ प्रतिशतले बृद्धि भएको छ । पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड ७८ लाख रुपैयाँ थियो । उक्त नाफामा जीवन बीमा कोष मार्फत आर्जन भएको आम्दानीलाई उल्लेख नगरिने भएकाले जीवन बीमा कम्पनीको नाफा कम देखिने गरेको छ । जीवन बीमा कोष मार्फत आर्जन भएको मुनाफा एक्चुअरी प्रतिवेदन पछि मात्रै छुट्टाइन्छ । यहि नाफाका आधारमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७२ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले आफ्नो जीवन बीमा कोष ७६.३० प्रतिशतले बढाउन सफल भएको छ । पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ५ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा २ अर्ब ९१ करोड रुपैयाँ थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS