काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले निष्काशन गरेको ३० प्रतिशत हकप्रद शेयर शेयरधनीको हिग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म विक्री गरेको ३० प्रतिशत हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा माघ ४ गते सूचीकृत गराए पश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको बैंक जनाएको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा मात्र शेयर जम्मा गरेको बैंकले जनाएको छ । हकप्रद शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गरेको थियो ।