Connect IPS
IME Life

संसोधित ‘चाइल्ड पोलिसी’मा अत्याधिक आकर्षण, चार कम्पनीले जारी गरे नयाँ पोलिसी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बालबालिकाको उज्जवल भविष्यलाई आर्थिकरुपमा सुनिश्चित गर्न प्रचलनमा ल्याइएको बाल बीमा योजना नै अबोध बालबालिकाको जीवन अन्त्य हुने कारण बन्न थाले पछि बीमा समितिले विशेष निर्णय लिन बाध्य भयो ।

यूनियन लाईफ इन्स्योरेन्सले रौतहटमा बिक्री गरेको बाल बीमा योजना अन्तर्गत बीमित बालकको स्वयम् प्रस्तावक बुवाले नै हत्या गरेपछि बीमा समिति नेतृत्व झस्किएको थियो । अभिकर्ताको बेइमानी र जोखिमांकनमा संलग्न अधिकारीहरुको लापरवाहीका कारण ती बालकले अनाहकमै ज्यान गुमाउनुपर्यो ।

Prabhu
Crest

बीमा समितिले २३ असार २०७८ बाट कार्यान्वयनमा ल्याएको ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ ले बालबालिकाको जीवन बीमा सम्बन्धमा विशेष व्यवस्था गरेको छ । अन्य सावधिक जीवन बीमा योजनाहरुभन्दा फरक । नयाँ व्यवस्था अनुसार बीमा जोखिम प्रारम्भ भएपछि बीमित बच्चाको निधन भएको अवस्थामा बीमांकको २५ प्रतिशत तत्कालै र बीमा अवधि पुरा भएपछि मात्र बाँकी बीमांक(७५ प्रतिशत) र बोनश रकम भुक्तानी हुने प्रावधान रहेको छ ।

बीमा समितिले तोकेका प्रावधानहरु अव्यवहारिक भएको भन्दै शुरुमा आलोचना भएपनि नियामक निकायको हैसियतमा समितिले यसलाई जस्ताको तस्तै कार्यान्वयन गर्ने अडान लिएपछि अहिले यो पूर्णरुपमा लागू भएको छ । केही पुराना जीवन बीमा कम्पनीहरुले नयाँ प्रावधानहरु समेटेर नयाँ विशेषताहरुसहित बाल जीवन बीमा योजनाहरु सार्वजनिक गरिसकेका छन् भने पुराना बाल जीवन बीमा बन्द समेत गरेका छन् । समितिले जारी गरेको निर्देशिका अनुसार अधिकाम्सले आफ्नो पोलिसीमा संसोधन गरिसकेको निर्देशक पुजन ढुङ्गेल अधिकारीले बताइन् । उनले भनिन् ‘कतिपयले निर्देशिका बमोजिम नयाँ पोलिसी बनाएको पाइएको छ भने कतिपयले भइरहेकै पलिसीलाई संसोधन गरेका छन् ।’

चाइल्ड पोलिसीको मृत्यु दाबी भुक्तानी हुँदा २५ प्रतिशत मात्रै गर्न पाउने नियमले व्यवसायमा भने असर नपरेको समितिको भनाइ छ । मृत्यु दाबी भनेको एकदमै कम मात्रामा हुने भएकाले यसमा बीमितले खासै वास्ता नगरेको निर्देशक ढुङ्गेलको भनाइ छ । चाइल्ड पोलिसी म्याचुरिटीकै लागि खरिद गर्ने भएकाले समितिको निर्देशिकाले विक्रिति भने नियन्त्रण भएको छ । अभिभावकले बचतको रुपमा र वालवालिकाको भविष्यका लागि रकम जोहो गर्ने उद्देश्यले पोलिसी खरिद गर्ने क्रम बढेको हो।

१) नौलो केटाकेटी जीवन बीमा(नेपाल लाईफ इन्स्योरेन्स)

नेपाल लाईफले नौलो केटाकेटी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । केटाकेटी जीवन बीमा योजनामा जीवन बीमा गरेको २ वर्ष अवधि पुरा भएपछि वा सात वर्षको उमेर पुरा भएपछि मात्र जोखिम प्रारम्भ हुने प्रावधान रहेको छ । यदि बीमित बच्चा ७ वर्षभन्दा बढी उमेरको छ भने १० वर्षको उमेर पुरा भएपछि मात्र जोखिम प्रारम्भ हुने प्रावधान रहेको नेपाल लाईफले उल्लेख गरेको छ । यसबाहेक अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर बच्चाको उमेर जति सुकै भएपनि बीमा प्रारम्भ मितिबाट २ वर्ष पुरा भएपछि बच्चाको समेत जोखिम प्रारम्भ शुरु हुने सुविधा रोज्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

२) नेशनल लाईफ इन्स्योरेन्स

क) बाल-बच्चाको लागि शिक्षा तथा विवाह सावधिक बीमा योजना

ख) बाल अमृत सावधिक बीमा योजना

ग) बाल अमृत (सावधिक) बीमा (१) योजना

घ) बाल भाग्योदय अग्रिम भुक्तानी सावधिक बीमा योजना

३) बाल समृद्धि जीवन बीमा योजना(एलआइसी नेपाल)

यो बाल जीवन बीमा योजनामा सावधिक र अग्रिम भुक्तानीको सम्मिश्रण रहेको छ । यसमा बीमा अवधि पुरा भएपछि बीमांक र बोनश रकम एकमुष्ठ प्राप्त हुने नभई निश्चित किस्ताहरुमा पटक पटक गरेर भुक्तानी दिइने प्रावधान रहेको छ ।

४) बाल जीवन बीमा योजना(एशियन लाईफ इन्स्योरेन्स)

क) बाल उच्च शिक्षाः  एलआइसी नेपालको बाल समृद्धि जीवन बीमा योजना र एशियन लाईफ इन्स्योरेन्सको बाल उच्च शिक्षा जीवन बीमा योजनाको विशेषता हुबहु उही छन् ।

यस बाल जीवन बीमा योजनामा पनि बीमा अवधि पुरा भएपछि बीमांक र बोनश रकम एकमुष्ठ प्राप्त हुने नभई निश्चित किस्ताहरुमा पटक पटक गरेर भुक्तानी दिइने प्रावधान रहेको छ । विशेषगरी उच्च माद्यमीक तहदेखि स्नातक तहसम्मको अध्ययन खर्च जुटाउन अभिभावकलाई सहज होस् भन्ने उद्देश्यले यो बीमा योजना ल्याइएको हो ।

ख) बाल भविष्य प्लसः यस बीमा योजनामा जोखिम प्रारम्भ भएपछि बीमा अवधीभित्र बीमित बच्चाको मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशत रकम ब्याज सहित र मृत्यु हुँदा सम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीका अनुसार बालबालिकाको जोखिम प्रारम्भ बीमालेख जारी मितिबाट २ वर्षपछि वा उमेर ६ वर्ष पुरा भएपछि(जुन ढिलो हुन्छ), ९ देखि १२ वर्ष उमेरको बालबालिकाको हकमा १ वर्षपछि र १२ वर्षभन्दा बढी उमेरका बालबालिकाको बीमा प्रारम्भ मितिबाट नै जोखिम प्रारम्भ हुने प्रावधान रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS