SKIP THIS

MLBL
IME Life
Beema Board

दुई कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको ६ लाख कित्ता बढी संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्त र नागरिक लगानी कोषको गरि कुल ६ लाख ३१ हजार ९ सय ६७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्न लागेको हो ।

बैंकले विक्री गर्न लागेको यी कम्पनीको लिलामी शेयरमा आज माघ १३ गतेदेखि माघ २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले शेयरको न्युनतम मूल्य ४९४ रुपैयाँ कायम गरेको छ । लगानीकर्ताले सो वाभन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्नेछ ।

Prabhu
Crest

त्यस्तै बैंकले नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९ सय २ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो। यी शेयरको न्युनतम मूल्य ११ सय ८३ रुपैयाँ कायम गरेको छ ।

हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको शेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ ।

सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS