काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि माघ २१ गते बुक क्लोज गर्ने एक सुचना जारी गर्दै जनाएको छ । बुक क्लोजको आधारमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले १:०.३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।