IME Life
GBIME

जीवन बीमा कम्पनीले बल्ल सुरु गरे गत वर्षको लेखापरीक्षणको काम, मेट लाइफले लियो शैद्धान्तिक स्वीकृति

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बल्ल गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको काम सुरु गरेका छन् । हालसम्म मेट लाइफले मात्रै शैद्धान्तिक स्वीकृति लिएको छ । कम्पनीले एक्चुअरी मूल्याङ्कन प्रकृयाँ अगाडी बढाएको हो । अवको केहि समयमा एक्चुअरी मूल्याङ्कन गरेर बीमितले पाउने बोनशदर निर्धारण गर्ने छ ।

तर अन्य जीवन बीमा कम्पनीहरुले भने प्रकृयाँ अगाडी बढाउन सकेका छैनन् । केहि कम्पनीहरुले २०७६/७७ को एक्चुअरी मूल्याङ्कन पनि पुरा गर्न सकेका छैनन् । यस वर्षको एक्चुअरी मूल्याङ्कनका लागि प्राय कम्पनीले शैद्धान्तिक स्वीकृति लिए पनि केहि कम्पनीले मूल्याङ्कन गरेर स्वीकृतिका लागि बीमा समितिमा पेश पनि गरेका छैनन् ।

Crest

समितिका अनुसार १० वटा भन्दा धेरै कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पनि तयार पारिसकेका छन् । १२ वटाले बीमितले पाउने बोनशदर पनि घोषणा गरिसकेका छन् । बीमा समितिले कम्पनीहरुलाई पटक पटक पत्राचार गर्दा पनि समयमा गर्न सकिरहेका छैनन् ।

हालसम्म चार वटा कम्पनीले मात्रै आर्थिक वर्ष २०७६/७७ को साधारणसभा सम्पन्न गरेका छन् भने एशियनले माघ २१ गते गर्दै छ । हालसम्म मेट लाइफ, प्राइम लाइफ, सूर्या लाइफ र रिलायन्स लाइफले मात्रै साधारणसभा सम्पन्न गरेका छन् । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन र ज्योति लाइफले लाभांश घोषणा गरे पनि साधाणसभाको मिति भने तय गरेका छैनन् । बाँकी धेरै जसो कम्पनीले लाभांश घोषणाको तयारी गरिरहेका छन् ।

अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार नभई गत वर्षको लेखापरीक्षण प्रतिवेदन अगाडी नबढ्ने भएकाले ढिला हुन पुगेको हो । मेट लाइफ सहित प्राइम सूर्या र रिलायन्सले गत वर्षको लेखापरीक्षण प्रतिवेदन प्रकृयाँ अगाडी बढाउन सक्ने भएका हुन् । एशियनले पनि आन्तरिक रुपमा काम गर्न सक्ने छ । बाँकी १४ वटा कम्पनीले कहिलेबाट गर्ने हुन् अत्तोपत्तो छैन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS