काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । कम्पनीले बोनश शेयर तथा साधारणसभाको लागि बुक क्लोज गरे सँगै आज मूल्य समायोजन भएको हो । कम्पनीको २५ प्रतिशत बोनश शेयरका लागि मूल्य समायोजन हुँदा १३२२ रुपैयाँबाट १०५७ रुपैयाँमा झरेको छ ।
कम्पनीले यहि माघ २१ गते १३ औ वार्षिक साधारणसभा गर्दैछ । साधारणसभामा २५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित २ प्रतिशत नगद लाभांश दिदै छ । सभाले आफ्नो सहायक कम्पनी एशियन क्यापिटल मार्फत म्युचुअल फण्ड निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरेको छ ।