काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
उनलाई कम्पनीले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।