Connect IPS
IME Life
Beema Board

आइसिएफसी फाइनान्सको नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइसिएफसी फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड २५ लाख ७० हजार नाफा गरेको छ । चालू आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २६ लाख ५४ हजार रुपैयाँ मात्र नाफा गरेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा पनि घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कम्पनीको संचालन मुनाफा २४ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

त्यसैगरी चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा ५ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजी १ अर्ब १२ करोड ७१ लाख रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड ९२ लाख ३२ हजार रुपैयाँ संचिती रहेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १५ अर्ब ४५ करोड ४८ लाख ३८ हजार निक्षेपन संकलन गरेको छ । त्यस्तै, कम्पनीले यस अवधिमा १२ अर्ब ८६ करोड ९४ लाख ८४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१४ गुणा, प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ०३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS