Connect IPS
IME Life

एनएमबि बैंकको नाफा ६% ले बढ्यो, वितरणयोग्य मुनाफा ८७ करोड ४१ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ६ दशमलव ०४ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ६१ करोड ३९ लाख ७३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ७५ करोड ९३ लाख ९९ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ५ दशमलव ३७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंले २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा २ अर्ब ८६ करोड ९४ लाख ९२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ५ दशमलव ३८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २९ करोड ९३ लाख २१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८।९६ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS