काठमाडौं । लुम्बिनी विकास बैंकले ४० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनी उद्धव प्रसाद ढुंगानाको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।
शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन आग्रह गरेको छ ।
बैंकले तोकेको २५ दिनभित्र शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।