काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्य करार अवधि भन्दा डेढ वर्ष अगाबै बाहिरिने भएका छन् । कम्पनीले उनको कार्यकाल यहि माघ मसान्तसम्म मात्रै कायम गर्ने निर्णय गरेको छ ।
कम्पनीले उनलाई २०७६ साउन एक गते चार वर्ष अवधिका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । यस हिसावले उनको कार्यकाल २०८० असार मसान्तसम्म रहने थियो । तर कम्पनी र बज्राचार्य विचमा भएको आपसी सहमतिमा उक्त अवधि संशोधन गरी करार अवधि २०७८ साल माघ मसान्तसम्म मात्रै कायम रहेने दोस्रो संझौता भएको छ ।
90b1eb1e337fd74a5cfc7b5af922b2e3