Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २६ गतेदेखि संस्थापक समुहको शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको थियो । उक्त शेयरमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीको ५ लाख ३८ हजार ९ सय ६५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत विक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९५ तोकेकाले इच्छुक लगानीकर्ताले कम्तिमा पनि प्रतिकित्ता ३९५ रुपैयाँ बोलकबोल गर्नुपर्ने हुन्छ। ईच्छुक लगानीकर्ताले आफुले लिन चाहेको मुल्य र कित्ता खुलाएर आबेदन दिनुपर्नेछ।

Prabhu
Crest

आवेदन दिंदा न्युनतम ५ सय कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। शेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्था वा जो कोहि योग्य व्यक्तिले बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै, आवेदन दिनको लागि नियामक निकायबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्टको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ।व।को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर ९प्यान० को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS