साग्रिला डेभलपमेन्ट बैंकको मुनाफा ५८ प्रतिशतले सुधार

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको मुनाफा ५८.८६ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा २६ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले पछिल्ला तीन महिनामै २० करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । मुनाफा सुधार सँगै प्रतिशेयर आम्दानी १२ रुपैयाँबाट १७ रुपैयाँ पुर्याउन सफल भएको छ ।

दोस्रो त्रैमासिक अवधिमा बैंकले ७९ करोड ५८ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । बैंकले ६ महिनाको अवधिमा ४५ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी तीन अर्ब एक करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७२ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ । दोस्रो त्रैमासिक अवधिको मुनाफामा वितरण योग्य मुनाफा भने १८ करोड ४ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार