आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज मंगलबार सुनको भाउ बढेको छ । हिजो सोमबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने तोलाको १२ सय ५५ रुपैयाँ स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार