नेप्से २० अंकले बढ्यो, ७ अर्ब ९० करोडको कारोबार हुँदा अरुण भ्यालीको सर्वाधिक

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २,९४७ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर बढेको छ भने आज ८१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । हिजो शेयर बजार भारी अंकले बढेको थियो ।

आज २२४ वटा कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको शेयर कारोबार भएको छ । कम्पनीको ४४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको ४१ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५५६ रुपैयाँ रहेको छ । अपर तामाकोशीको २४ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको ७४० रुपैयाँ कायम भएको छ । नेपाल टेलिकमको २३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै मध्यभोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ८ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । सिङगटि हाइड्रोका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव १ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार