IME Life
Beema Board

आजदेखि एभरेष्ट बैंकको ऋणपत्र निष्काशन हुने, ८.५% मा लगानी गर्ने अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले आज माघ ३ गतेदेखि २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र लिमिटेड, २०८६’ को निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ८ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याजदर दिने भएको छ । निष्काशन गर्न लागिएको २ अर्ब मध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ व्यक्तिगत तबरले बिक्री गर्नेछ भने बाँकी रहेको ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्टाएको छ ।

८० करोड रुपैयाँ मध्ये ५ प्रतिशत ४ करोड रुपैयाँ सामुहिक लगानी कोषका लागि छुट्टाएको छ । बाँकी रहेको ७६ करोड रुपैयाँ आम सर्वसाधारणका लागि खुला गरिएको छ ।

Prabhu
Crest

केयर रेटिङ नेपालका अनुसार उक्त ऋणपत्रको रेटिङ न्युन कर्जा जोखिम जनाउने ‘केयरएनपि डलब ए माइनस’ रहेको छ । उक्त ऋणपत्र छिटोमा माघ ६ गतेसम्म बिक्री खुला हुनेछ । यदि पहिलो चरणमा बिक्री नभएका खण्डमा बैंकले ढिलोमा माघ १७ गतेसम्म बिक्री खुला गर्नेछ ।

लगानीकर्ताले प्रति ऋणपत्र १००० रुपैयाँको दरमा न्युनतम २५ कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्रको निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS