IME Life
Beema Board

लाभांश घोषणा गरेका ११ मध्ये १० फाइनान्सले पारित गरे प्रस्तावित लाभांश, मञ्जुश्रीको सर्वाधिक, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अहिलेसम्म ११ वटा फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । हालसम्म जानकी फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स कम्पनी,मञ्जुश्री फाइनान्स कम्पनी,गुडविल फाइनान्स कम्पनी,सेन्ट्रल फाइनान्स कम्पनी, प्रोग्रेशिभ फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स कम्पनी,पोखरा फाइनान्स कम्पनी,मल्टिपर्पोज फाइनान्स कम्पनी,गुहेश्वरी फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले लाभांश प्रस्ताव गरेका छन् ।

लाभांश घोषणा गरेको ११ फाइनान्स कम्पनीमध्ये १० कम्पनीले लाभांश पारित गरिसकेका छन् , अब एक कम्पनी जानकी फाइनान्सले एजिएम मिति तथा बुक क्लोज मिति तोक्न बाँकि छ ।

Prabhu
Crest

लाभांश घोषणा गरेका यी कम्पनीहरुमध्ये सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश गरी कुल ४६ प्रतिशत लाभांश घोषणा गरेको हो । यस कम्पनीको पुस २९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

आइसीएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको पुस ५ गते सम्पन्न १८औं वार्षिक साधारण सभाले पारित गरेको छ ।

गुडविल फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट हाल कायम चुक्त पूँजीको ९ दशमलव १ प्रतिशत बोन शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले गरेको उक्त प्रस्ताव कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

त्यस्तै, सेन्ट्रल फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ दशमलव ७ प्रतिशत बोन शेयर र ३ दशमलव ३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको पुस ३० गते सम्पन्न वाषिृक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

प्रोग्रशिभ फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

रिलायन्स फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी पोखरा फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ दशमलव ०७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ ।

मल्टिपर्पो फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

यता गुहेश्वरी मर्चेन्ट बैंकिङले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

साथै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीले ७ दशमलव ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS