Connect IPS
IME Life
Beema Board

९ कम्पनीको साधारण सभा आज हुँदै, कुन कम्पनीको एजेण्डा कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ९ कम्पनीको साधारण सभा हुँदैछ । कालिका लघुवित्त वित्तीय संस्था, सिभिल बैंक, लोवर इर्खुवा हाइड्रोपावर कम्पनी,सिसा हाइड्रो इलेक्ट्रीक कम्पनी,सिद्धार्थ बैंक, त्रिशक्ति सेक्युरीटिज पब्लिक,हिमालयन बैंक, फरवार्ड माइक्रोफाइनान्स, सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा हुँदैछ ।

कालिका पावर कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ६० करोडको १५ प्रतिशतले हुन आउने ९ करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशतले हुन आउने ४७ लाख ३७ हजार बराबरको नगद गरि कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Prabhu
Crest

सोही लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा भरतपुर स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा गर्ने जनाएको छ ।

त्यस्तै, सिभिल बैंकले बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा गर्ने जनाएको छ । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

लोवर इर्खुवा हाइड्रोपावर कम्पनीले तेस्रो वार्षिक साधारण सभा परेली फाइन क्याटेरिङ एण्ड ब्यांक्वेट, महाराजगञ्ज, काठमाडौं दिउँसो ४ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

सभाले सर्वसाधारणलाई शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । त्यस्तै, सभाले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोाधन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सिसा हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा कम्पनीको कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने जनाएको छ ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी सिद्धार्थ बैंकले सभा सिल्भर ओक ब्याक्वेंट गैह्रिधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न तथा बचाउनका लागि सम्पूर्ण शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट साधारण सभामा सहभागिता जनाउन बैंकले आग्रह गरेको छ ।

सभामा सहभागि हुन तथा मन्तव्य राख्न चाहने शेयरधनीले सभा शुरु हुनुभन्दा २४ घण्टा अगाडि आफ्नो परिचयपत्र, डिम्याट खाता खोलिएको प्रमाणको स्क्यान कपी समावेश गरी इमेल ठेगानामा पठाउनु पर्ने बे।कले जनाएको छ ।

सभाले प्रस्तावित १४ दशमलव २५ प्रतिशत बोनश शेयर र शून्य दशलमव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्रिशक्ति सेक्युरीटिज पब्लिक लिमिटेडले पुस ३० गते १४औं साधारण सभा गर्ने भएको छ । सभा काठमाडौंमा बिहान ८ बजे शुरु हुने सेक्युरीटिजले जनाएको छ ।

कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी हिमालयन बैंकले पुस अन्तिम अर्थात ३० गते ३९ औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नै केन्द्रिय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ । सभाले सञ्चालक समितिबाट प्रस्ताव भएको २१.३८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ४.६२ प्रतिशत नगद लाभांशलाई पारित गर्नेछ ।

सभाले नेपाल इन्भेष्टमेन्ट बैंक सँग एक बराबर एकको अनुपातमा मर्ज गर्ने प्रस्ताव स्वीकृतका लागि पनि सभामा पेश गर्ने भएको छ । सभाले मर्जका लागि तयार पारिएको डिडिए प्रतिवदेन पनि स्वीकृतिका लागि साभामा पेश गर्नेछ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस ३० गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय सुनसरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट कुल ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा गर्ने जनाएको छ । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ३० प्रतिशत नगद गरि कुल ६ दशमलव ०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS