IME Life

लामो समय दाबी नगरिएको निक्षेप बैंकसँग खोस्दै राष्ट्र बैंक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २० वर्षसम्म निष्क्रिय रहेको खाताको सबै रकम बैंकिङ विकास कोषमा जम्मा गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बैंकले विहीबार ४ बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको प्रावधान अन्तर्गत लामो समयसम्म हकदाबी नगरिएको रकम कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्थाले कोषमा रकम हस्तान्तरण गरेपनि सम्बन्धित निक्षेपकर्ताको सम्पूर्ण विवरण सुरक्षित राख्नुपर्नेछ । साथै भविष्यमा कसैले समप्रमाण दाबी गर्न आएमा सम्बन्धित बैंकले प्राप्त प्रमाणसहित निक्षेपवापतको रकम भुक्तानीको लागी राष्ट्र बैंकमा पत्राचार गर्नुपर्नेछ । निवेदन उपर छानबिन गरी सम्बन्धित बैंक वा वित्तीय संस्थालाई बिना ब्याज यस्तो रकम फिर्ता गरिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
छिमेकी मुलुक भारतमा यस्तो रकम ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा प्रयोग गरिंदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS