IME Life

सात प्रदेशमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार, कुन प्रदेशमा कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२७ जना पुगेका छन् । यस मध्ये सर्वाधिक धेरे वागमती प्रदेशमा सर्वाधिक धेरै २ लाख ३३ हजार जना रहेका छन् । बीमा समितिका अनुसार यस प्रदेशमै ३० प्रतिशत अभिकर्ता रहेका छन् ।

Prabhu
Crest

त्यस्तै दोस्रो धेरै अभिकर्ता लुम्बीनी प्रदेशमा रहेका छन् । समितिका अनुसार यस प्रदेशमा एक लाख ३१ हजार ५७५ जना रहेका छन् । यस प्रदेशमा १७ प्रतिशत अभिकर्ता रहेका छन् । प्रदेश नम्बर एकमा पनि एक लाख २२ हजार ९१६ जना अभिकर्ता छन् । जसको हिस्सा १६ प्रतिशत छ ।

प्रदेश २ मा पनि एक लाख एक हजार जना अभिकर्ता रहेका छन् । उनिहरुको हिस्सा १३ प्रतिशत छ । गण्डकी र सुदुपश्चित प्रदेशमा लगभग बराबर ९ प्रतिशत हाराहारीमा अभिकर्ता छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ५०६ जना अभिकर्ता रहेका छन् ।

समितिले प्रस्तुत गरेका अभिकर्ताहरुमा पनि दोहोरिएको हुन सक्छ । एउटै व्यक्ति एक भन्दा धेरै बीमा कम्पनीको अभिकर्ता बन्ने अवस्था रहेकाले यो तथ्याङ्क भन्दा कम व्यक्तिहरु अभिकर्ता हुन सक्छन् । जीवन बीमा क्षेत्रमा मेरुदण्डको रुपमा रहेका अभिकर्ताको सञ्जाल जति ठुलो हुन्छ त्यस बीमा कम्पनीले जीवन बीमा व्यवसाय पनि त्यो भन्दा धेरै ल्याउछन् ।

अभिकर्ताहरुले राम्रो कमिशन पाउने भएकाले नेपालमा अभिकर्तामा आकर्षण बढ्दो छ । तर अभिकर्ता भएर व्यवसाय भित्र्याउन भने धेरै गाह्रो छ । अभिकर्ताले बीमितलाई बीमा पोलिसीको विषयमा बुझाएर बीमा गरानुका साथै काउन्सिलिङ पनि गर्नु पर्ने भएकाले यो संबेदनशिल पेशा हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS