काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आजदेखि ६८ हजार ७८३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले डा. रामप्रसाद पोख्रेलको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
विद्यमान यो शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र उक्त शेयर खरीदका लागि के कति दर कबुल गर्ने हो सोको व्यहोरा खुलाई बैंकको प्रधान कार्यालयमा पेश गर्नु पर्ने जनाएको छ ।
तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई विक्री गर्ने बैंकले जनाएको छ ।