IME Life

रिलायन्स लाईफ छोडेको दुई हप्ता नबित्दै पराजुलीले नेपाल लाईफमा काम गर्न थाले

SPIL
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सबाट गत साता मात्र कार्यकाल सकेर बाहिरिएका प्रविण रमण पराजुलीले आइतबारबाट नेपाल लाइफ इन्स्योरेन्समा कार्यभार सम्हालेका छन् । पराजुलीले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति पाएका हुन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले चार वर्षे कार्यकालको पहिलो आठ महिना नबित्दै राजीनामा गरेपछि नेपाल लाइफमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको छ ।

बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ ले कुनै एउटा बीमकको प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएको वा कार्यकाल सकेर बाहिरिएको छ महिना पुरा नभएसम्म अर्को कुनै बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुन रोक लगाएको छ । त्यसैले निर्देशिकाको यो प्रावधान छल्न पराजुलीले एक तह घटुवा भएर नेपाल‌ लाइफमा जागिर सुरु गरेका छन् ।

Crest
Meta Holidays

सुशासन निर्देशिकाको पहिलो संशोधन २०७८ ले कुनै पनि बीमकको प्रमुख कार्यकारी अधिकृत पद तीन महिनाभन्दा लामो समयसम्म रिक्त राख्न नहुने प्रावधान थप गरेको छ । यो व्यवस्था सँगै पराजुली अवको लामो समयसम्म बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमै खुम्चिनु पर्ने भएको छ । नेपाल लाइफले अवको ६ महिना पराजुलीलाई सिइओमा नियुक्ति गर्न पाउदैन । अर्को तर्फ संसोधित संस्थागत सुशासन निर्देशिका २०७८  अनुसार तीन महिना भित्रमा अर्को सिइओ नियुक्त गरिसक्नु पर्छ । त्यसैले अव नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिए पछि मात्रै पराजुली नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतका लागि योग्य हुन्छन् ।

पछिल्लो प्रावधानले नेपाल लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने दवाव सिर्जना गरेको छ । उनिहरुले कम्तिमा पनि अवको तीन महिना भित्रमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नु पर्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x