IME Life
GBIME

तीन महिनाकै नाफाबाट बीमा कम्पनीका कर्मचारीलाई २६ करोड ४० लाख रुपैयाँको बोनश व्यवस्था

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई चालु आर्थिक वर्षको पहिलो तीन महिनाको मुनाफाबाट २६ करोड ४० लाख रुपैयाँको बोनश छुट्टाएका छन् । जीवन बीमा कम्पनीहरुले १२ करोड ३७ लाख रुपैयाँको कर्मचारी बोनश व्यवस्था गरेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि कर्मचारीहरुका लागि १४ करोड तीन लाख रुपैयाँ बोनश छुट्टाएका छन् । निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १३ करोड ८४ लाख रुपैयाँ छुट्टाएका थिए । त्यस्तै जीवन बीमा कम्पनीहरुले पनि सोहि अवधिमा १३ करोड ५४ लाख रुपैयाँ छुट्टाएका थिए ।

नियम अनुसार कम्पनीहरुले मुनाफाबाट कर्मचारीहरुलाई न्युनतम पनि १० प्रतिशत रकम बोनश बापत वितरण गर्नु पर्छ । त्यसैका लागि कम्पनीहरुले पहिलो तीन महिनामा आर्जन भएको मुनाफाबाट नियम अनुसार अहिलेदेखिनै कर्मचारीहरुका लागि बोनश बापतको रकम व्यवस्था गरेर राख्न थालेका हुन् । कम्पनीहरुले पहिलो त्रैमाशिकको जस्तै अन्तिम चौथौ त्रैमाशिक वित्तीय विवरणमा पनि यसरी रकम छुट्टाउदै जान्छन् । कर्मचारीहरुले भने यसरी छुट्टाएको केहि रकम आर्थिक वर्ष सकिएको केहि समयमा र बाँकी रकम वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन तयार भइसके पछि वितरण गर्छन् ।

Crest

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ४३ करोड ५४ लाख रुपैयाँ छुट्टाएका थिए भने निर्जीवन बीमा कम्पनीले भने ७२ करोड ७४ लाख छुट्टाएका थिए । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीले ८९ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् भने जीवनले एक अर्ब ८ करोड मुनाफा आर्जन गरेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS