Connect IPS
IME Life

समिक्षा पाठक १८ वर्षकै उमेरमा एमडिआरटी बन्न सफल, सबैभन्दा कम उमेर भएको महालक्ष्मी लाइफको दाबी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता समिक्षा पाठक १८ वर्षकै उमेरमा एमडिआरटी बन्न सफल भएकी छिन् । पाठक नेपालबाट अहिलेसम्म एमडिआरटी बन्नेहरु मध्ये सबैभन्दा सानो उमेरकी भएको महालक्ष्मी लाइफको दाबी छ । अहिलेसम्म प्राप्त भएको जानकारी अनुसार उनको भन्दा कम उमेरमा एमडिआरटी भएको पाइएको छैन । तर आधिकारिक रुपमै उनलाई कम्पनीले नेपालकै कान्छी एमडिआरटी भनेर घोषणा भने गरेको छैन ।

पाठक महालक्ष्मी लाइफको कावासोती शाखाकी अभिकर्ता हुन् । उनले यहि शाखा कार्यालयबाट एमडिआरटीको टार्गेट पुरा गरेकी हुन् । उनि अहिले सिएसआइटीमा स्नातक दोस्रो सेमेस्टर अध्ययनरत छिन् ।

Prabhu
Crest

अभिकर्ताहरुका लागि एमडिआरटी प्रतिष्ठाको विषय बनेको छ । एमडिआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल । अमेरिकामा मुख्यालय रहेको यो संस्था विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्था हो । सन् १९२७ मा स्थापना भएको यस संस्थाले प्रत्येक अंग्रेजी वर्षभरमा अभिकर्ताले व्यक्तिगतरुपमा आर्जन गर्नुपर्ने कमिशन, आय र प्रथम बिमाशुल्कको मापदण्डको आधारमा उपाधी प्रदान गर्दै आएको छ ।

एमडिआरटी अन्तर्गत तीन तहको उपाधीको प्रावधान छ । पहिलो तहमा ३५ लाख रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल अभिकर्तालाई एमडिआरटी त्यस्तै १ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफललाई सिओटी र २ करोड ९ लाख नब्बे हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफललाई टिओटीको उपाधी प्रदान गरिन्छ । एमडिआरटी उपाधीका लागि योग्य अभिकर्ताहरुलाई जीवन बीमा कम्पनीले विशेष सम्मान सम्मान गर्ने भएकाले पनि यो प्रतिष्ठाको विषय बनेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS