Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको संचालक समितिको निर्वाचन स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । महालक्ष्मी विकास बैंकको २० औं वार्षिक साधारण सभाबाट हुने भनिएको संचालक समितिको निर्वाचन उच्च अदालत पाटनकाे अन्तरिम आदेशले स्थगित भएको छ ।

साधारण सभाले संचालक समितिमा प्रवद्र्धक समूह र सर्वसाधारण शेयरधनी समूहबाट तीन तीन जना संचालक चयन गर्ने कार्यक्रम तय रहेको थियो । उच्च अदालत पाटनले माघ ३ गतेसम्मको लागी संचालक समितिको निर्वाचन स्थगन गर्न अन्तरिक आदेश जारी गरेको हो ।

Prabhu
Crest

पाटन उच्च अदालतमा बैंकको शेयरधनीद्वय गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले महालक्ष्मी विकास बैंकलाई समेत विपक्षी बनाएर पुस २२ गते उत्प्रेषणको रिट निवेदन दर्ता गराएका थिए । अदालतले निवेदक प्रमोद श्रेष्ठ महालक्ष्मी विकास बैंकले दिएको पत्रको आधारमा संचालकका लागी योग्य भएको हुँदा दुबै पक्षको कुरा सुनी निर्णय लिनुपर्ने भएको हुँदा माघ ३ गतेको लागी छलफलको लागी पेश तोकेको छ ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै उच्च अदालतको आदेश बमोजिम बाँकी निर्वाचन प्रकृया स्थगन गर्दै पूर्व निर्धारित मितिमा साधारण सभाको आयोजना गरिने जानकारी दिएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा पुस २५ गतेको लागी बोलाइएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS