IME Life
Beema Board

सूर्या लाइफले संचालनमा ल्यायो मोबाइल एप, हातबाटै सबै जानकारी पाउन सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको सु-अवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीले मोबाइल एपको  समुद्घाटन गरिएको छ । कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नो पन महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित मोबाइल एप को शुभारम्भ गरेको छ ।

कम्पनीको एप  प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । Android तथा IOS प्रविधीमा चलाउन सकिने कम्पनीकोApp, Play Store र App Store बाट सहजै डाउनलोड  गर्न सकिन्छ । एप  मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमाशूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने, अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा एपमा रहेको  कम्पनीले जनाएको छ । बीमितले एप  मार्फत बीमाशूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमाशूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको एप  लाई डाउनलोड गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा You Tube मा हेर्न सकिने ब्यवस्था समेत मिलाईएको  जनाएको छ ।

Prabhu
Crest

कम्पनीको मोबाइल एप को समुद्घाटनको क्रममा एप को आवश्यकता, विशेषता र प्रयोगविधी माथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले प्रकाश पारेका थिए  ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS