IME Life

सिटिजन लाइफमा पौडेलको पुनः नियुक्ति बीमा समितिबाट स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको पुनःनियुक्तिलाई बीमा समितले स्वीकृत गरेको छ । सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो । सोही अनुरुप समितिले उनलाई ४ वर्षको लागि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवी बनाएका पौडेल जीवन बीमक संघको उपाध्यक्ष समेत हुन् । उनको दोस्रो कार्यकाल यहि माघ एक गतेदेखि सुरु हुनेछ । सिटिजनले पौडेललाई २०७४ माघमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनले बैंक, बीमा तथा वित्तीय क्षेत्रमा तीन दशक भन्दा लामो समय विताइसकेका छन् । सिटिजनमा आउनु अगाडी पौडेल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’मा वित्त प्रमुखको रुपमा थिए ।

Prabhu
Crest

त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका उनले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम लिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS