काठमाडौं । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले लेगल डिपार्टमेन्टका लागि केही, इन्फरमेशन टेक्नोलोजी डिपार्टका लागि केही,रिलेशनसिप अफिसर र म्यानेजरका लागि केही, क्रेडिट रिक्स डिपार्टमेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, अपरेशन डिपार्टमेन्टका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो हेड अफिस तथा आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ६ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।