काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायाम चुक्ता पूँजीको ६ दशमलव ६५ प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि समेतगरी ० दशमलव ३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।