Connect IPS
IME Life

सिटिजन लाइफद्वारा साढे ५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बर्दघाट शाखाले सुनवल नगरपालिका वडा नं. ८ स्थित पाँच बर्षकी अंशिका नेपालिका बुबा बलदिप नेपालिलाई ५ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

२०७५ असोजमा अंशिका नेपालीकी आमा स्व. लक्ष्मी नेपालीले छोरीको नाममा आफु प्रस्तावक बसि पाँच लाख बीमाङ्कको सिटिजन बाल भबिष्य योजना अन्तर्गत बीमा योजना लिएकी थिइन् । उनको गत बैशाख महिनामा कोभिडको कारण निधन भएको हुँदा कम्पनीले अंशिका नेपालिलाई सुनवल न. पा. वडा न ८ का वडा अध्यक्ष निलकन्ठ गैरे र सिटिजन लाइफ बुटवल क्षेत्रका एरिया शाखा प्रबन्धक दुर्गा राज ढकाल लगायतले उक्त रकम उनको घरमै पुगि स्व. लक्ष्मी नेपालीको श्रीमान बलदिप नेपालीलाई चेक हस्तान्त्रण गरेको हो ।

Prabhu
Crest

अब बाँकि तिर्नु पर्ने १४ बर्षको सम्पुर्ण बीमा शुल्क छुट हुनेछ भने पढाई खर्च बापत हरेक महिना ५ हजार नियमित रुपमा बच्चालाई प्रदान गरिने छ र अवधि समाप्तिमा बिमाङ र बोनश गरि एकमुस्ट रकम पुनःप्रदान गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बर्दघाट शाखाकी एजेन्सि म्यानेजर प्रतिमा खत्रीले बजारमा बिमा गराउन जाँदा बीमा बारे सुन्नै नचाहने र पैसा खेर जाने जस्तो गर्ने गरेको बजारको सम्मस्या बारे गुनासो गरिन् । भने देवदह शाखाकी शाखा प्रमुख बिनिता श्रीसले दावि कर्ताले कागजपत्र प्रदानमा अलि ढिला हुँदा क्लेम ढिला हुन गएको जानकारी दिइन् ।

त्यस्तै, उक्त कार्यक्रममा बोल्दै अध्यक्ष निलकन्ठ गैरेले सम्पुर्ण वडा बसिले बीमा गर्न आवस्यक रहेको धारण ब्यक्त गरे । आजै सबै ठिक हुँदैमा भोलि भवितव्य पर्दैन भन्न सकिन्न त्यसैले आफु र परिवार लाई सुरक्षित गर्न बीमा आवश्यक रहेको बताए ।

एरिया ब्रान्च म्यानेजर दुर्गाराज ढकालले सिटिजन लाइफले यसरी सयौं क्लेम प्रदान गरेको छ जहाँ दुख पर्छ त्यहाँ सिटिजन पुग्छ र यसरी दुःख परेको ठाउँमा आर्थिक मलम लाउँदा आफुलाई खुसि लाग्ने धारणा ब्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS