IME Life
Beema Board

वार्षिक धनलाभ बीमामा आइएमई लाईफको बोनश सबैभन्दा कमजोर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । नयाँ जीवन बीमकमध्ये आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाको बोनश दर सबैभन्दा कमजोर देखिएको छ । आइएमई लाईफले बिक्री गरिरहेको धन सरिता(वार्षिक अग्रिम भुक्तानी भुक्तानी) बीमा योजनाको वार्षिक बोनश दर प्रति हजार बीमांकमा जम्मा रु. १३ रहेको छ ।                                                                               
बीमा समितिले आ.व. २०७५।७६ को आय व्ययको आधारमा स्वीकृत गरेको बोनश दर जम्मा रु.१३ जीवन बीमा कम्पनीहरुमध्ये कै कमजोर हो । यस्तो न्यून बोनश दरका कारण बीमितले वर्षभरमा बोनशवापत बीमांकको १.३ प्रतिशत रकम मात्र बोनश प्राप्त गर्नेछन् । अर्थात् रु. १० लाख बीमांकको जीवन बीमा गराउँदा जम्मा १३ हजार रुपैयाँ मात्र बोनश प्राप्त गरिरहेका छन् ।
धन सरिता बीमा योजना अन्तर्गत बीमितले बीमा गरेको एक वर्ष पुरा भएपछि वार्षिक ५ प्रतिशतकोे दरले बीमांकको रकम फिर्ता पाउने व्यवस्था रहेको छ । यसबाहेक बीमा अवधिको समाप्तीमा बीमांकको बाँकी रहेको प्रतिशत बराबरको रकम र बोनश रकम एकमुष्ठ प्राप्त गर्नेछन् ।

वार्षिक धनलाभ बीमा योजना बिक्री गरिरहेका नयाँ जीवन बीमकहरुमध्ये रिलायन्स लाईफको वार्षिक २४, यूनियन लाईफको २६, सन नेपालको रु. २२ देखि रु. ३२, सिटिजन लाईफको रु .२५ देखि ३५ र महालक्ष्मी लाईफको रु. ४० रहेको छ ।

Prabhu
Crest

बीमांकको ५ प्रतिशत रकम वर्षैपिच्छे फिर्ता दिनुपर्ने भएको हुँदा जीवन बीमकले यस्तो बीमा योजना अन्तर्गतको बीमाशुल्क रकम लामो समयसम्म लगानी गर्न नपाउँदा बीमितले प्राप्त गर्ने बोनश दर पनि एकदमै न्यून हुने गरेको छ । यो बीमा योजना बचतको दृष्टीकोणले बीमित र बीमक दुबैको लागी फाइदाजनक छैन ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS