काठमाडौं । चर्चित बैंकर अनिल केशरी शाहको तलब भत्ता तथा अन्य सुविधा बापतको रकम ५० प्रतिशतले बृद्धि भएको छ । शाहले गत वर्ष तलब भत्ता, तथा अन्य सुविधा बापत जम्मा २ करोड ४५ लाख रुपैयाँ बुझेका छन् । उनले अघिल्लो वर्षमा जम्मा एक करोड ६२ लाख रुपैयाँ मात्रै बुझेका थिए ।
नविल बैंकले यहि पुस मसान्तमा साधारणसभा गर्दैछ । बाणिज्य बैंकहरु मध्ये नविलले सर्वाधिक धेरे लाभांश दिदै छ । बैंकले ३३.६० प्रतिशत बोनश शेयर र ४.३७ प्रतिशत नगद लाभांश दिदै छ ।